रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २७, शनिवार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नारत आरती साहका आमा, बुबा र भाइलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको छ ।

प्रहरीले आरतीका आमा निर्मला देवी साह, बुबा विनोदप्रसाद साह र भाइ प्रेम साहलाई गिरफ्तार गरेर प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । आरती साहको केशमा आफुहरुलाई कुटपिट गरेको विरुद्धमा एसपी विश्वराज खडाका र डिएसपी वेदप्रकाश गौतममाथि मुद्दा दर्ता गर्न समेत नमानेको धनुषा प्रहरीले उल्टो तिनै प्रहरीको निवेदनको भरमा एकछिनमै पीडित परिवारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार आरतीको मृत्युको सन्दर्भमा अनावश्यक रूपमा जोडेर आरतीका आफन्तले फ्लेक्स राखेर आफूहरूको बदनामी गरेको भन्दै एसपी खड्का र डिएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए । एसएसपी खत्रीले धर्नामा बस्दै आएका आरतीका माइतीले परिवारले राखेको एसपी खड्काको तस्वीर सहितको फ्लेक्स हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत आफूहरूलाई आदेश आएको र उक्त फ्लेक्स हटाउन पुगेको प्रहरीलाई अवरोध गरेपछि आरतीका आमा, बुबा र भाइलाई नियन्त्रणमा लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *