मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्ब रुपैयाँको विद्युत निर्यात भएको बताएका छन्।

निर्देशक घिसिङले गत साउनदेखि यता ८ अर्ब रुपैयाँको विद्युत भारतको बजारमा निर्यात गरेर बिक्री गरेको बताए।

नेपालकोतर्फबाट भारतीय बजारमा दैनिक ७ सय मेगावाटसम्म विद्युत निर्यात गरिरहेको उनले बताए । उनका अनुसार साउनदेखि असोज तेस्रो सातासम्ममा नेपालबाट २१ करोड ५३ लाख युनिट विद्युत भारतीय बजारमा नर्यात गरिएको छ ।

निर्देशक घिसिङले यो वर्षभित्र १६ अर्बको विद्युत भारतीय बजारमा निर्यात गर्ने प्राधिकरणको योजना रहेको समेत जानकारी दिए।

उनका अनुसार, अहिले नेपालले भारतलाई प्रतियुनिट सरदर ९.१३ भारतीय रुपैयाँ अर्थात १४.६० नेपाली रुपैयाँ मूल्यमा बिक्री गरिरहेको छ ।

भारतको विद्युत माग साढे २ लाख मेगावाट हाराहारीमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *