मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार

दक्षिण कोरियाली अनुदानमा काठमाडौं विश्‍वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) भवनको निर्माण भएको छ ।

विश्‍वविद्यालयको अनुसन्धान र विकास क्षमता सुदृढीकरणका लागि कोरिया सरकारले कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) मार्फत यो भवन बनाइदिएको हो। ४० करोडमा लागतमा बनाइएको भवनमा २२ करोडका उपकरण छन्। उपकरण पनि कोरियाली अनुदान रकमकै हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक समारोहबीच भवन उद्‌घाटन गरेका छन्। कार्यक्रममा नेपालका लागि कोरियाका राजदुत पार्क तेइ योङ, काठमाडौं विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, कोइकाका नेपाल निर्देशक मुह्यन कोङ लगायत उपस्थित थिए।

नेपालको अनुसन्धान र विकास क्षमता सुदृढ पार्न र प्राविधिक आविष्कारको माध्यमबाट ग्रामिण समुदायका मानिसको जीवनस्तर र आम्दानीको स्थितिमा सुधार गर्न एनटीआईसी भवन बनाइदिनुका साथै उपकरण सहयोग गरेको कोइकाले जनाएको छ।

कार्यक्रममा राष्ट्रपति पौडेलले प्रविधिको क्षेत्रमा पर्याप्‍त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधि अपनाउन पछि परेकाले नेपाल विकासको मार्गमा अघि बढ्न नसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *