डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज १९, शुक्रवार

धरान लगायत पुर्वका विभिन्न १० जिल्लामा गाई-गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै सामाजिक संजाल द्वारा प्रत्यक्ष प्रसारण गर्ने जसपाका नेता कार्यकर्ता र मङ्गोल नेशनल अर्गनाइजेसन (MNO) भन्ने गिरोहका मुखियालाई हदैसम्मको कारवाही गर्न संघीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
राष्ट्रिय झण्डा जलाउने गिरोह, साम्प्रदायिक सद्भाव खलबलाउने उग्र हिंसात्मक भाषण ठोक्ने जसपाका आङकाजी शेर्पालाई सामाजिक र धार्मिक खलल ल्याउने काम गरेकोले साइबर अपराधसंगै कानुनी अपराधको तहत ल्याउनु पर्ने जरुरी देखिन्छ ।
यसैगरी हालै नेपालगन्जमा भड्किएको साम्प्रदायिक दंगाका मुख्य दोषी, योजनाकार, जिल्ला प्रशासन कार्यालय नै आफ्नो नियन्त्रण / कब्जामा लिएर ईस्लामिक झन्डा फहराउने एवं उग्र हिंसात्मक नारा “सर तन से जुदा”, “सर तन से जुदा” सहित जुलुस प्रदर्शन गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा- ५ का वडाध्यक्ष एवं जसपाका स्थानीय नेता सराफत खान अर्को चरम उग्रवादीको रुपमा देखा परेको छ । राज्यले यी दोषी उपर कडा कदम चाल्न आवस्यक छ ।
देशका अन्य विभिन्न स्थानहरुमा पनि “सर तन से जुदा”, “सर तन से जुदा”, “छेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ”, “बाहुन जति काशी जा, छेत्री जति फाँसी जा”, “गाई-गोरु काटिन्छ, भोजभतेर गरिन्छ”, “गाई-गोरु खाने हाम्रो अधिकार हो”, “गाई-गोरु खाने हो, बाहुन-क्षेत्रीलाई लखेट्ने हो”, जस्ता कैयौं उग्र-हिंसात्मक नारा सहित जुलुस गर्ने आतंककारी / जिहादी गिरोहको गिरफ्तारी कहिले हुन्छ ?
धार्मिक र सामाजिक सदभावमा खलल पुर्याउनेलाई सजायको दायरामा कहिले ल्याउने हो संघीय सरकारको मुखिया मिस्टर प्राइममिनिस्टर ? सुरक्षाका दावा गर्ने मुखिया गृहमन्त्री ? र परिवर्तन चाहने सच्चा नागरिक?
किन जनता समाजवादी पार्टीकै सबै नेता कार्यकर्ताले यसो गर्दछन्? के यो प्रायोजित वा सुनियोजित हो कि संयोग मात्रै हो? छानबिन हुन नितान्त जरुरी छ। जसपाकै पहलमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री पनि मुस्लिम, उनको कर्यकालमा हिन्दु मुस्लिम विवाद उग्र, हिन्दुको विरुद्धमा विष वमन गर्ने पनि आङकाजी शेर्पा, सराफत खान र प्रदीप यादव आदि पनि जसपाकै नेता? के यो सबै योजनाबद्ध पार्टीको निति हो कि अरु नै केही??
यो सबै घटनाक्रम र आपराधिक गतिविधि गर्नेलाई छानबिनको दायरामा ल्याउनु पर्द्छ । शंका र दोषी उपर दीर्घकालीन शान्ति र सद्भाव कायम गर्नका लागि तत्काल हिरासतमा लिई हदैसम्मको कडा भन्दा कडा कार्यवाहीको जोडदार माग गर्दछौं ।
(डा. झा, राष्ट्र बचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन्)
#बिचार