मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार

नेपाल भारतका राजपुत (क्षत्रिय) समाजबीच समन्वय, सद्भाव र सहकार्य गर्ने गराउने सन्दर्भमा चेन्नइमा सौहार्दपुर्ण रुपमा तमिलनाडुका राजपुत र राजपुत समाज नेपालबीच सम्वाद एवं सहकार्य भएको छ ।

श्रीलंकाको भ्रमणमा रहेका २ सदस्यीय राजपुत समाज नेपाल (Rajput Society of Nepal)का प्रतिनिधि र तमिलनाडु राजपुत बोंदिल संगठन (Tamilnadu Rajput Bondil Association)का टिमबीच चेन्नईमा महत्त्वपूर्ण विषयबस्तुमा छलफल भएको छ ।

राजपुत समाज नेपालका प्रतिनिधि श्रीमानश्रीमती अमित सिंह चैहान र सोनम सिंहलाई तमिलनाडु राजपुत बोंदिल संगठन (TNRBA) तिरुनलभेली जिल्ला अध्यक्ष एन. प्रेमानन्थ सिंहले स्वागत र सम्मान गरेका थिए । नेपाली प्रतिनिधि र भारतीय प्रतिनिधि मिलेर चेन्नईको विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत गरेका थिए । चेन्नईको दुई दिने सदभावना भ्रमणको क्रममा दुई देशबीचको राजपुत समुदायमा हुने परस्पर विवाह, शिक्षा, व्यपार, रोजगारको विषयमा एक आपसमा सहयोग गर्ने गहन छलफलमा सहमति भएको थियोे ।

नेपाली भ्रमण टोलिको सम्मान र सत्कारको लागि रात्रि भोजको पनि व्यवस्था गरिएको थियोे । मैत्रीपुर्ण भोज पश्चात् अतिथिलाई विदाई पनि गरिएको थियो । विदाईमा मायाको चिनो, स्थानीय सल र मिठाई अतिथिलाई उपहारस्वरूप प्रदान गरिएको थियोे । स्मरण रहोस यो भन्दा अगाडि दुइपटक तमिलनाडुको टोलि नेपाल भ्रमणमा आउँदा राजपुत समाजले पनि सम्मान सहित स्वागत, भ्रमण अवलोकन र सहकार्य गरेको थियो ।

तमिलनाडु राजपुत बोंदिल संगठन (Tamilnadu Rajput Bondil Association)का प्रदेश अध्यक्ष डा. जि भवानी सिंहले भिडियो कन्फ्रेन्स मार्फत अतिथि र आयोजकसंग सम्वाद गर्दै हार्दिक आभार समेत प्रकट गरे । यसैगरी नेपाली प्रतिनिधि मण्डलले पनि आतिथ्य सत्कार र सहयोगका लागि तमिलनाडु राजपुत संगठनप्रति कृत्ज्ञता जाहिर गरे ।

कार्यक्रममा तमिलनाडु राजपुत बोंदिल संगठन (TNRBA)का के. सुन्थर सिंह, तामिलनाडु राज्य सह-अध्यक्ष के. बिजय कुमार सिंह, महासचिव जे. प्रकाश सिंह, दक्षिण चेन्नई जिल्ला सह-अध्यक्ष एन.मन्जुनाथ सिंह, दक्षिण चेन्नई जिल्ला सचिब एन. महेन्द्र नाथ सिंह, दक्षिण चेन्नई जिल्ला कोषाअध्यक्ष एन. बिम सिंह, दक्षिण चेन्नई जिल्ला सहसचिव आर.गणेश सिंह, उत्तरी चेन्नई जिल्ला सह-अध्यक्ष पि. राजेन्द्र सिंह, उत्तरी चेन्नई जिल्ला वरिष्ठ सदस्य पि. कुबेर सिंह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *