रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ११, बिहिवार

एकल विद्यालय फाउण्डेसन अफ नेपालको आयोजनामा अमृत भोग पार्टी प्यालेस कालिकास्थानमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

विश्व हिन्दु परिषद भारतका संयुक्त महामन्त्री बजरंग बागडाको प्रमुख आतिथ्यतामा एकल विद्यालय फाउण्डेसन अफ नेपालका संगठन सचिव प्रल्हाद रेग्मी, विशिष्ट अतिथि पुर्व न्यायाधीश शेखर पौडेल, पुर्व डिएसपी कल्याण तिमिल्सिना, जनकल्याण प्रतिष्ठानका महासचिव महावीर गिरैया लगायत एकल विद्यालयका भाइबहिनीहरुको उपस्थितिमा परिवार मिलन कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रमको उदेश्य एकल विद्यालयलाई अझ राम्रो संग अगाडि बढाउने महत्त्वपूर्ण योजना रहेको छ । यो सम्बन्धि आजको कार्यक्रममा विशेष छ्लफल भएको प्रतिष्ठानका महासचिव महावीर गिरैयाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *