रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १०, बुधवार

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलिमा मदर्सा गौशिया मस्लेहुदिनको १५ औं बार्षिक उत्सव कार्यक्रम धुमधाम र उल्लास्मय वातावरणमा मनाईएको छ ।

बार्षिक उत्सव कार्यक्रममा अतिथिलाई सम्मान गरिनुका साथै विद्यालय अवलोकन गराइएको थियो । मोहम्म्द जमिल अख्तर अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्वमन्त्री तथा मधेश प्रदेश सदस्य भरत साहको उपस्थिति रहेको थियो । कार्यक्रममा मुलुक टाइम्सका महोत्तरी ब्यूरो प्रमुख रोशन कुमार मिश्र र रेडियो अप्पन मिथिलाका संचालक आरजे इरसादलाई विशेष रुपमा गम्छा ओढाएर उपमेयर रोशन खातुनले सम्मान गरिन् ।

मेयर सुरेश साह सोनारको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरु उपमेयर रौशन खातुन, नेता एवम् समाजसेवी राम धार कापर, मुजिम राइन, जलिन अन्सारी, जलेश्वर नगरपालिकाका प्रत्येक वडाका वडाअध्यक्ष लगायत पत्रकार, नागरिक समाज र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *