सुधा सिंह, काठमाडौं । २०८० असोज ०९, मंगलवार

यो वर्षको दादा साहेब फाल्के लाइफटाइम अचीवेमेंट अवॉर्ड वहीदा रहमानलाई भारतीय सिनेमा जगतमा उनको शानदार र दमदार योगदानको लागि प्रदान गरिनेछ ।

पाँच दशकको करियरमा रहमानले आफ्नो किरदारलाई जिवन्त र परफेक्शनको साथ निर्वाह गरिन् । उनलाई फिल्म “रेश्मा और शेरा”को लागि नेशनल अवॉर्ड दिइएको थियो । पद्म श्री और पद्म भूषणबाट सम्मानित रहमान कुशल अभिनेत्री हुन् । ८५ वर्षीय र ५ फिट ४ इन्च की रहमान प्यासा, कागज के फूल, चौदहवीं का चांद, गाइड जस्ता फिल्ममा दमदार अभिनय गरेर दर्शकको मनमा राज गर्न सफल रहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *