रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०९, मंगलवार

महोत्तरीको जलेश्वर नगरपालिका साक्षर घोषणा भएको आज एक बृहत कार्यक्रम मार्फत सार्वजनिकीकरण गरिएको छ ।

साक्षर घोषणा सार्वजनिकीकरण कार्यक्रम-२०८०, जलेश्वर नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो ।

मधेश प्रदेशको तेस्रो साक्षर पालिकाको रुपमा जलेश्वर नगरपालिका घोषणा भएको हो । साक्षर घोषणा सार्वजनिकीकरण कार्यक्रमको अध्यक्षता नगरपालिकाका मेयर सुरेश साह सोनारले गरेका थिए । साझा घोषणा कार्यक्रममा विशिष्ट अतिथि लगायत पालिकाका शिक्षक र विद्यार्थीहरुको बहुसंख्यक उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *