रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ३, बुधबार

नेपाल शिक्षक महासंघद्वारा नयाँ बानेश्वरदेखि माइतीघर मण्डलामासम्म सडक जाम गरेर आन्दोलन गरेको छ । शिक्षक विधेकमा भएका त्रुटिहरुलाइ सच्चाउनु पर्ने भन्दै आन्दोलन गरिएको हो । आन्दोलनमा देशभरीको ७७ वटै जिल्लाबाट निजामती शिक्षकहरुको उपस्थित रहेको थियो ।

आज बाट सुरु भएकोआन्दोलनमा माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनकारिको भनाइ रहेको छ । शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय अघोषित रुपमा बन्द गरेको छ । उनीहरुले आज देशैभर विधेयकको विरोधमा प्रदर्शन पनि गरेकोछ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आज काठमाडौंकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्च पास पनि गरेको थियोे । करिब लाखौको हाराहारिमा उपस्थित शिक्षकको कारण बानेश्वर, माइतीघर मण्डला, तिनकुने, भद्रकाली लगायतका सबै बाटोमा आवतजावत बन्द थियो ।

muluktimes #teachers #nepal #protest

Leave a Reply

Your email address will not be published. Required fields are marked *