मुलुक डेस्क, पोखरा । २०८० साउन १६, मंगलवार

नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा देशभर प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र वृक्षारोपन गरिएको छ ।

सोमबार सेती पावर हाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा वृक्षारोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीले बताए ।

वृक्षारोपणको शुभारम्भ प्रादेशिक प्रमुख जोशी, पोखरा प्रमुख राजीव सिंह र तनहुँ प्रमुख मेखलाल जोशीले संयुक्त रुपमा गर्नुभयो । विद्युत प्राधिकरणले लाइन विस्तारका क्रममा रुख काटनु पर्ने बाध्यताको विकल्पको रुपमा वृक्षारोपण गरिएको बताए । कल्की, निम, धुपी, अमला, बर्रोलगायतका औषधिजन्य बोटबिरुवा सहित फलफूलका बोटबिरुवा सो अवसरमा रोपिएको थियोे ।

वृक्षारोपण कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश, पोखरा वितरण केन्द्र, सेती जलविद्युत आयोजना र कुडहरलगायतका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *