रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १५, सोमवार

नेपालकै सबैभन्दा अग्लाे राष्ट्रिय झण्डाकाे भोलि साउन १६ गते मंगलवार मटिहानीमा समुद्घाटन गरिने कार्यक्रम रहेकोे छ ।

मटिहानी एक प्राचीन ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । हिन्दु र मुस्लिम धर्मको संगमस्थली मटिहानीमा नेपालकै सबभन्दा पुरानो विद्यालय पनि रहेको छ । यहाँ अनेकौं मठ मन्दिर, मस्जिद र तलाउ रहेको छ ।

११० फिट अग्लो नेपाली राष्ट्रिय झण्डाकाे समुद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जनाएको छ । यो राष्ट्रिय झण्डा महोत्तरी जिल्ला मटिहानी नगरपालिकाको मटिहानीस्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *