रमेश लुइँटेल, काठमाडौं । २०८२ चैत्र २८, शनिवार

“नवीन सन्देश” मासिकले आफ्नो प्रकाशनको १९ वर्ष पूरा गरेर २० औं वर्ष प्रवेश गरेको छ । २० औं वर्ष प्रवेशको अवसरमा बानेश्वर रेष्ट्राेमा सम्पन्न कार्यक्रममा सम्पादक कल्पना शर्माले पत्रिकाको कथाव्यथा बर्णन गरिन भने शुभेच्छुकहरुले पनि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
१९ वर्षको यात्रामा पत्रिकाले धेरै उतारचढावहरू पार गर्दै आज यो पत्रिका विश्वसनीयता, गुणस्तर र निरन्तरताको प्रतीक बनेको छ। २०६१/६२ को राजनीतिक आन्दोलनदेखि ०६४ को संविधानसभा निर्वाचन, राजा प्रत्यक्ष शासन, ०७२ को महाभुक्म्प, नाकाबन्दी, ०७३ मा संविधान जारी, ०७४ र ०७९ को स्थानीय निर्वाचन, लकडाउनकाे भयानक समय, प्रदेश/ संघीय निर्वाचन, जेनजी आन्दोलन, खिलराज र सुशीलाको सरकारदेखि बालेन सरकारसम्मको साक्षी बन्न सफल भएको छ “नविन सन्देश” ।

अन्ततः, २० वर्षको सफलताको कथा केवल एउटा पत्रिकाको मात्र होइन, त्यो सबै लेखक, सम्पादक, कर्मचारी र पाठकहरूको सामूहिक प्रयासको परिणाम हो। भविष्यमा पनि यसले नयाँ उचाइहरू छुने विश्वासका साथ आफ्नो यात्रा जारी राख्नेछ।