अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०६, शुक्रवार

श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा १० को विद्यार्थीको आज विदाई समारोह भव्यताका साथ मनाइएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. १ मा अवस्थित यो विद्यालयको स्थापना विसं. २००२ सालमा भएको थियो।

विगत ६० वर्षदेखि यो विद्यालय र यहाँका विद्यार्थीले एसएलसी/एसईईमा सहभागिता जनाउदै आएका छन् । आउँदो चैत्र १९ गतेदेखि संचालन हुने एसईईमा यस विद्यालयबाट करिब दुई सय जना विद्यार्थीले सहभागिता जनाउने भएको विद्यालयले जनाएको छ ।

श्री दुर्गा बाल क्लबको सचिव तथा विदाई समारोहको समन्वयकर्ता कक्षा १० मा अध्ययनरत प्रेम साहले गरेको थियोे । समारोहमा यो अवसरलाई सम्झ्नयोग्य बनाउन स. प्रअ रन्जित कुमार सिंहले केक काटेर सुरुवात गरेका थिए । यसैगरी शिक्षक शिक्षिकालाई रङ्ग अबिर र खादा लगाएर विद्यार्थीले सम्मान प्रकट गरेका थिए।

यसैक्रममा कक्षा दससम्मको अध्ययन पूरा गरेवापत सबै विद्यार्थीलाई विद्यालयद्वारा कदरपत्र प्रदान गरिएको थियोे । समारोहमा शुभकामना साटासाट, गीत संगीत र नृत्य पनि विद्यार्थीद्वारा प्रस्तुत गरिएको कार्यक्रमको परिकल्पनाकार तथा संचालक श्री दुर्गा क्याम्पसका स. क्याम्पस प्रमुख संजीव सिंहले बताए ।

