अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०४ गते, बुधवार

महोत्तरीको मनरा शिसवा नगरपालिकामा आयोजित ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २१ पदक जितेर श्री जनता माध्यमिक विद्यालय कटैया च्याम्पियन बनेको छ । ८ स्वर्ण ८ रजत र ५ कास्य जितेर कटैया विद्यालयले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भएको छ ।

नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनराको प्राङ्गणमा नगरपालिकाको शिक्षा शाखा प्रमुख संजय कुमार यादवको अध्यक्षतामा तथा उप प्रमुख शकुन्तला देवीको प्रमुख अतिथ्यतामा आजको कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा श्री सरयु मुन्निलाल मावि सरपल्लोले ७ स्वर्ण ४ रजत र ६ कास्य सहित दोस्रो स्थान ओगटन सफल रहयो । यसैगरी श्री मुन्सिफ मावि साँढा ४ स्वर्ण ६ रजत र ६ कास्य सहित तेस्रो स्थान ओगटन सफल रहयो ।

विजेतालाई नगर उपप्रमुख शकुन्तला देवीले ट्राफि, मेडल र प्रमाणपत्र वितरण गरेकी थिईन । यसैगरी दोस्रो हुने सरपल्लो विद्यालयलाई कार्यक्रमको अध्यक्षता गरिरहेका शिक्षा शाखा प्रमुक संजय कुमार यादवले ट्राफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। कुल ७० मेडलकाे लागि भएको खेलमा ४ स्वर्ण ४ रजत र ५ कास्य सहित श्री दुर्गा मावि मनरा चौथो स्थान ओगटन सफल रहयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला खेलकुद समितिका अध्यक्ष सत्येन्द्र कुमार यादव, कार्यालय प्रमुख सुभाष चन्द्र लाल कर्णे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी र दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन र उदघोषण श्री दुर्गा क्याम्पसका सहायक क्याम्पस प्रमुख संजीव सिंहले गरेका थिए।

#muluktimes #sports #rastrapatirunningshield #volleyball #athletics #kabbadi #manashisawa #Mahottari #athletics

Leave a Reply

Your email address will not be published. Required fields are marked *