अमित पासवान, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राधा आधारभूत(०-८) विद्यालय ईटहर्वा हनुमानपुरमा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन पाण्डेय तथा विशिष्ट अतिथिमा पुर्वमेयर संजय कुमार सिंहको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी संजीव सिंहले गरेका थिए । विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउन्डेशनले निरन्तर रुपमा उनको पुन्यतिथि कार्तिक ०२ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य गरिरहेकाे फाउन्डेशनको अध्यक्ष ई. सिंहले बताए ।

पुण्यथितिको अवसरमा कक्षा ८ मा अध्यनरत विद्यार्थी सहित उनका अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेतागण लगायत वडा नं. २ काे पुर्ववडाअध्यक्ष बिनोद कुमार सिंह, नगर सभापति सन्जिव यादव, राघो शरण राय, प्रधानाध्यापक बिजय चौधरी, ललन सिंह, डा. सुजित सिंह ,सुमित सिंहको उपस्तिथि रहेको थियो।

#muluktimes #manarashisawa #Mahottari #school #BagDistribution #itaharwa #itaharawakatti #manarakatti

Leave a Reply

Your email address will not be published. Required fields are marked *