शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री माध्यमिक विद्यालय सहसराममा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । यसपटकको एसिईईमा सहसराम विद्यालयको नतिजा मनरा शिसवा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन पाण्डेय तथा विशिष्ट अतिथिमा वडाअध्यक्ष अजय कुमार सिंह, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोज कुमार पाण्डेय, प्रधानाध्यापक तेजनारायण मिश्रको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन शिक्षाकर्मी एवम् सञ्चारकर्मी संजीव सिंहले गरेका थिए । विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउन्डेशनले निरन्तर रुपमा उनको पुन्यतिथि कार्तिक ०२ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य गरिरहेकाे फाउन्डेशनको अध्यक्ष ई. सिंहले बताए ।

पुण्यथितिको अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थी सहित उनका अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेतागण लगायत वडा नं. ८ काे पुर्ववडाअध्यक्ष धर्मेन्द्र झा, शिक्षक बेचु सिंह, राघो शरण राय, , ललन सिंह, डा. सुजित सिंह, सुमित सिंह, उपस्तिथि रहेको थियो।

#muluktimes #manarashisawa #Mahottari #school #BagDistribution #sahasram #manarakatti #nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *