मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २८, शनिवार

जेनजीको आन्दोलको प्रभाव र ज्यानको डरले भदौ २४ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीना दिएका थिए । तर परिस्थितिले कँचुली फेरेसंगै पुनः जनताको आडमा मुख्यमन्त्रीमा दाबी गरेको सिंह दोहाेरो चरित्र र अवसरबादी मात्रै नभएर कानुनको नजरमा पनि धुलो फ्याक्न सफल भएका छन् ।

‘नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, वक्तव्यमा उल्लेख थियो । तर, राजनीतिका खप्पिस र चतुर पात्र सिंहले राजीनामा दिएको पत्र शुक्रबार अबेर रातिसम्म पनि प्रदेश प्रमुखको कार्यालयमा नपठाएको खुलेको छ।

सतिश सिंह २०८१ जेष्ठ २५ मा एमाले माओवादीसहित ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । १५ महिनासम्म चलेको सिंह नेतृत्वको सरकारले ठुलो आलोचना खेपेको छ । केही चाटुकार मिडिया र सञ्चारकर्मीले सिंहको फेभरमा समाचार लेखेर भ्रम फैलाएको आरोप स्थानीय जनसमुदायको रहेको छ । सिंहको कार्यकालमा बजेटमा विचौलिया हाबी, असमान बजेट र योजनाको चिठी खुलेआम कमिसनमा बेचेको भनेर विवादित रह्यो ।

तिलाठी कोइलाडी गाउँपालिकाको पुर्व अध्यक्ष समेत रहेका सिंह दोस्रोपटकको अध्यक्ष पदमा नराम्रो पराजय बेहोरे पश्चात् लोसपा त्यागेर जनमत पार्टीको झण्डा समात्दै प्रदेश सभा सदस्यमा जित हात परेका हुन् ।

#muluktimes #Madhesh #madheshpradesh #Janakpurdham #nepal #ChiefMinister

Leave a Reply

Your email address will not be published. Required fields are marked *