मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २७, शुक्रवार

सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख बनेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । यसप्रकार कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । कार्की सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश (२०७३/०३/२७–२०७४/०२/२४) तथा प्रथम महिला प्रधानन्यायाधीशका साथै प्रथम महिला प्रधानमन्त्री बनेकी हुन् ।

नाम: सुशीला कार्की
जन्म: २००९ साल फागुन २० गते, बिर्तामोड, झापा
पति: दुर्गा सुवेदी

शिक्षा:
बी.ए. (राजनीतिशास्त्र) – त्रिभुवन विश्वविद्यालय
स्नातकोत्तर (राजनीतिशास्त्र) – बनारस हिन्दू विश्वविद्यालय
एल.एल.बी. – त्रिभुवन विश्वविद्यालय, नेपाल

कानुनी तथा न्यायिक जीवन:

  • प्रारम्भिक समयमै अधिवक्ता र कानून क्षेत्रमा सक्रिय
  • २०५६ सालमा सर्वोच्च अदालतमा न्यायाधीश
  • २०७३ साल वैशाख ११ गते नेपालकी पहिलो महिला
    प्रधानन्यायाधीशमा नियुक्त
  • २०७४ साल असार २८ गतेसम्म पदमा रहनुभयो

विशेषता र योगदान:

  • भ्रष्टाचारविरुद्ध कडा निर्णय दिने न्यायाधीशको रूपमा चिनिनु भयो।
  • संवैधानिक र मानवअधिकारसम्बन्धी मुद्दामा महत्वपूर्ण फैसलाहरू गर्नुभएको छ।
  • नेपालको न्यायपालिकामा महिला सशक्तीकरणको ऐतिहासिक प्रतीक मानिन्छ।

#muluktimes #primeministerofnepal #GenZNews #sushilakarki #PrimeMinister #kathmandu #nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *