मुलुक डेस्क, महोत्तरी । २०८२ भाद्र १९, बिहीवार

महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लबको गठन गरिएको छ।

श्री दुर्गा मावि मनरामा बाल क्लब विगतमा पनि गठन हुने गरेको विद्यालयका प्रअ कुमोद कुमार सिंहले बताए । तर यसपटकको छनौट र गठन प्रक्रियाले विद्यार्थीमा जोश र जागरुकता थपिएको प्रअ सिंहले बताए । विभिन्न विषयगत विद्यामा विद्यार्थीले आआफ्नो कार्यक्रम गर्ने योजना मौलिक र सराहनीय भएको विद्यालयका सहायक प्रअ रन्जित कुमार सिंहको रहेको छ ।

श्री दुर्गा क्याम्पस मनराको सहायक क्याम्पस प्रमुख संजीव सिंहको सक्रियता तथा सामाजिक विषयका शिक्षकद्वय काजिमान विश्वकर्मा र प्रमोद यादवको पहलमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति सहितको ४५ सदस्यीय केन्द्रीय समितिको बाल क्लब गठन गरिएको छ । चन्दन साह अध्यक्ष रहेको बाल क्लबको उपाध्यक्षमा आयुषी गुप्ता, सचिवमा प्रेम कुमार साह, कोषाध्यक्षमा निशा कुमारी सिंह सहित सदस्यहरूमा रुपेश चौरसिया, अन्किता राम, राजेश साह, आदित्य मण्डल, सन्ध्या सिंह, मन्दिरा मण्डल र राखी साह रहेका छन्।

विद्यालयको सरसफाइ, सौन्दर्यीकरण, शौचालय सरसफाई, पानी र बोटबिरुवाको रेखदेख, सांस्कृतिक कार्यक्रम, हाजिरी जवाफ, लाइब्रेरी व्यवस्थापन, काउन्सेलिङ, चित्रकला, उद्यमशिलता, जनचेतनामूलक कार्यक्रम, दाइजो प्रथा न्यूनीकरण लगायतको विषयमा बाल क्लबले कार्यक्रम गर्ने कार्य योजना रहेको सचिव प्रेम कुमार साहले बताए । यसका साथै नगरपालिका भित्र रहेको विद्यालयसंग र पालिका तथा जिल्लाको समन्वयमा पनि विविध कार्यक्रम गर्ने योजना रहेकोे सचिव साहले बताए । बाल क्लबको पदाअवधी दुई वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *