लेकबेँसी लाेहरुङ, सङ्खुवासभा । २०८२ भाद्र ०९, सोमवार

सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे आरती हाेटलमा प्रगतिशील लेखक सङ्घ सङ्खुवासभाद्वारा प्रथम नेपाली गजलकार माेतीराम भट्टकाे १५९ ओैँ जन्म जयन्तीको अवसरमा आयाेजित “माेती गजल साँझ” प्रलेस अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ।

सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष गीतकार एवम् गजलकार वीरेश राईकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रलेसका सचिव गीतकार सनम थापाले सञ्चालन गर्नुभएको थियोे। प्रलेसका उपाध्यक्ष कवि कृष्णबहादुर चापागाईंले स्वागत मन्तब्य राख्नुभएको गजल महफिलमा गजलकार गुरुप्रसाद सुबेदीबाट आरम्भ गरिएको थियो। महफिलमा शाेमनाथ ढुङ्गाना, चिरायु पाेखरेल, गीता कटुवाल, रविन घिमिरे, फणीन्द्र खनाल र अनुप चापागाईंले गजल प्रस्तुत गर्नुभएको थियो। कवि कृष्णबहादुर चापागाईं, रामप्रसाद लम्साल र भीमार्जुन निराैलाले कविता प्रस्तुत गर्नभएकाे कार्यक्रममा कालिका माबि (खाँदबारी ४, सेकाहा) का पूर्व प्रअ रामप्रसाद लम्सालले आफ्नो निबन्ध सङ्ग्रह चाँडै प्रकाशित हुने जानकारी गराउनु भएको थियोे।

वरिष्ठ सङ्गीकार एवम् गायक बुलु मुकारुङद्वारा सङ्गीतवद्द “मेरी माया भाेजपुरमा छिन अरुण खाेला पारि, यो शनिबार आउँदैछिन् मलाई भेट्न खाँदबारी, ..” गीतका गायक एवम् कवि सूर्यनारायण श्रेष्ठ र प्रलेस केन्द्रीय सदस्य साहित्यकार राजेन्द्र सर्वहाराले गजल प्रस्तुत गर्नु भएको उक्त गजल महफिलमा सन्तोष बाह्रकाेटीले दुईवटा मुक्तक वाचन गर्नुभएको थियोे।

दक्षिण एशियाली साहित्यिक साँस्कृतिक सङ्गठन र मकालु साहित्यिक समाजकाे अध्यक्षकाे पनि जिम्मेवारी सम्हाल्नु भएका सभाध्यक्ष बुढाथोकीले गजल लेखनमा कहाँ, के, कसरी रदिफ, काफिया, तखल्लुस आदि प्रयोग गरिन्छन् भन्ने विषयमा पनि जानकारी दिनु भएको थियोे। स्थानीय जनप्रतिनिधि झलक कुसुलेकाे विशेष सहयोगमा सम्पन्न गजल महफिलमा १७ जना कवि एवम् गजलकारहरुले आफ्ना सिर्जना प्रस्तुत गर्नु भएको थियो।
