मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ३०, शुक्रवार

सहकारी क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले संचालक समितिको बैठक मार्फत आर्थिक वर्ष २०८१/८२ तथा आउँदाे वर्षको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रिय कार्यालय अराधना कम्प्लेक्स बागबजार काठमाडौंमा साउन २९ गते बिहीवार संस्थाका अध्यक्ष राकेश कुमार सिंहको अध्यक्षतामा बैठक बसेको थियोे ।बैठकमा आ.व. ०८१/८२ अषाढ मसान्तसम्मको बजेटको संक्षिप्त्त विवरण तथा आ.व. ०८२/८३ को अनुमानित विवरण प्रस्तुत गरिएको थियोे । संस्थाको ऋण लगानी गत वर्षमा करिब ३३ करोडको रहेको तथा ऋण असुली करिब २७ करोड रहेको थियोे । यसैगरी जम्मा खर्च करिब ४ करोड र आम्दानी करिब ५ करोड रहेकोे थियोे ।

बजेटको संक्षिप्त्त विवरण तथा आ.व. ०८२/८३ को अनुमानित विवरण अनुसार ऋण लगानीमा करिब ३६ करोडको रहेको तथा ऋण असुली करिब २८ करोड रहेको छ । यसैगरी जम्मा खर्च करिब ६ करोड र आम्दानी करिब ७ करोड हुने अनुमान गरिएको छ । बैठकले कर्मचारीको तलबभता वृद्धि , सम्पत्ति शुद्धीकरण, रु. ५० लाखभन्दा बढीको ऋणीको भाका थप लगायत सञ्चालक समितिको भत्ता सुबिधा आदि विषय उपर बृहत छलफल गरेर सहमतिले पारित गरेको जानकारी सचिव संजीव सिंहले बताए ।
सञ्चालक समितिको बैठकमा अध्यक्ष, सचिव लगायत उपाध्यक्ष विजय कुमार सिंह, कोषाध्यक्ष निशा केसी राई, सदस्यहरु सुनिल कुमार सिंह, रुबि सिंह, बाबुकाजी श्रेष्ठ तथा लेखा समिती संयोजक जय कुमार सिंहको उपस्थिति रहेकोे थियोे। यसैगरी समिक्षा बैठकमा संस्थाको महाप्रबन्धक शोभा श्रेष्ठ र नायव महाप्रबन्धक मिठुलाल चौधरीको पनि सहभागिता रहेकोे थियोे ।