मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २८, बुधवार

विश्व नेपाली महासङ्घ नेपाल शाखाको आयोजना तथा विनेसाम बाग्मती प्रदेश र काठमाडौँ जिल्ला शाखाको सहआयोजनामा विश्व नेपाली साहित्य महासङ्घको नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा सम्मान कार्यक्रम साथै काठमाडौँ जिल्ला शाखा कार्यसमितिको घोषणा कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रमको सभापति विनेसाम नेपाल शाखाको अध्यक्ष मणिराज सिंह तथा प्रमुख अतिथिमा शिखर कवि शैलेन्द्र साकार रहनु भएको थियोे । यसैगरी विशिष्ट अतिथिहरू प्रा.डा.गोविन्दमान सिंह कार्की, प्रा. डा. सावित्री श्रेष्ठ, मकालू टेलिभिजनको अध्यक्ष गंगा सुवेदी, डा. राम दयाल राकेश रहनु भएको थियोे। विशेष अतिथिमा विनेसामका केन्द्रीय अध्यक्ष प्रा.डा. लेखनाथ काफ्ले, उपाध्यक्षहरू विजय हितान, सुनिता राई कन्दङ्वाको उपस्थिति रहेको थियो।

अतिथिमा वसाहा वाङ्मय साहित्य प्रतिष्ठानको संस्थापक अध्यक्ष प्रेम राई “परीक्षित”, विनेसाम नेपाल शाखाका उपाध्यक्ष रविन्द्र आशिष शैली र अन्य विभिन्न अतिथिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बाग्मती प्रदेशका अध्यक्ष तोयानाथ सुवेदीले राख्नु भएको थियो । कार्यक्रममा कविहरू अभय श्रेष्ठ, भूवन शिवाकोटी “चौघरे” , रजनी खड्काले कविता वाचन गर्नु भएको थियो।

बानेश्वरमा भएको कार्यक्रममा सर्वसम्मतिले निर्वाचित नयाँ विनेसाम काठमाडौ जिल्ला शाखा कार्यसमितिको अध्यक्षमा जनार्दन अधिकारी धडकन, वरिष्ठ उपाध्यक्षमा सुधा बास्कोटा ढकाल, उपाध्यक्षमा चुडा निर्भिक, महासचिवमा पवन बुढाथोकी, सचिवमा तिलक गाउँले, कोषाध्य़क्षमा सिता पाण्डे, सह सचिवमा दीपक भेटवाल तथा सदस्यहरूमा सविता खत्री, रामराजा केसी फर्पिङ, रिता खतिवडा, सरला तिमल्सिना, सीता घिमिरे, गंगा भेटवाल, चन्द्रकला घिमिरे, कन्चना झा, सुरेश चन्द्र घिमिरे, कृष्ण बजगाईं, दुर्गा रिमाल अधिकारी, बिनुबाबा घिमिरे, हरिशचन्द्र गौतम, प्रेम कृष्ण श्रेष्ठ र एल पि पराजुली रहनु भएको छ।

यसैगरी सल्लाहकारमा मणिराज सिंह, प्रा. डा. बिष्णुहरी नेपाल, प्रा.डा. हेमनाथ पौडेल, प्रा. डा. सावित्री श्रेष्ठ , प्रा. डा. लेखप्रसाद निरौला, जलेश्वरी श्रेष्ठ, बिश्वविमोहन श्रेष्ठ, स्नेह शायमी, नरेन्द्रराज पौडेल, डा. विप्लव ढकाल, डा. बमबहादुर जिताली, डा.पद्मा अर्याल तथा रविन्द्र आशिष शैली रहनु भएका छन् । कार्यक्रमको सञ्चालन विनेसाम नेपाल शाखाकी महासचिव अञ्चु सुवेदीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *