मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०८, बिहीवार

“राजपुत समाज नेपाल”को स्थापनाको आज ५ औं वार्षिक उत्सव काठमाडौं बबरमहलमा अवस्थित मधेश भवनमा बुधवार सफलतापुर्वक सम्पन्न भएको छ ।

समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षता र प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमेश कुमार सिंह र महासचिव संजीव सिंहको सहभागिता रहेको थियो। उक्त अवसरमा कोषाध्यक्ष राकेश कुमार सिंह, केन्द्रीय कार्यसमिति सदस्य शिवचन्द्र सिंह, सल्लाहकारहरु वरिष्ठ अधिवक्ता विजय कुमार सिंह तथा ई. अभिमन्यु लाल सिंहको विशेष उपस्थिति रहेको थियो।

५ औं वार्षिक उत्सव कार्यक्रममा समाजका पदाधिकारीले एकअर्कामा शुभकामना साटासाट गर्दै समाजको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । यसैगरी समाजको उत्थान, विहाबारीमा सहजता, रोजगारीमा सहयोग, शिक्षा र स्वास्थ्यमा मद्दत तथा योगदानी व्यक्तित्वलाई कदर र सम्मान गर्ने नितिको विस्तार तथा कार्यन्वयनमा थप कदम चाल्ने निर्णय पारित गरेको छ । पाँच वर्षको कार्यकालको समिक्षा गरिएको थियो भने बहुमतले कार्यसमितिलाई चुस्त र दुरुस्त बनाउन आवस्यक सदस्यको फेरबदल तथा जिम्मेवारी तोक्ने जिम्मा अध्यक्षमा सुम्पेको थियो ।

वार्षिकोत्सवको विशेष एजेन्डा समाजको आफ्नै भवन र जग्गा अवको दुई वर्षमा जोडने अभियानलाई सार्थकता दिने कुरामा एकमत भएर प्रस्ताव पारित गरिएको थियो । जसको लागि भैपरी आउने नीति र कार्यक्रम बनाउने जिम्मेवारी कार्यसमितिलाई तोकिएको थियो । प्रत्यक्ष र अप्रत्यक्ष सरोकारवाला पक्षसंग सकारात्मक सुझाव र उपायको अपेक्षा सहित अपील गरिएको कार्यक्रम संयोजक तथा महासचिव संजीव सिंहले स्वागत मन्तव्य मार्फत जानकारी गराएका थिए ।

साउन ०७ गते सम्पन्न भएको ५ औं वार्षिक उत्सव कार्यक्रममा समाजका आजिवन सदस्य ज्ञानेन्द्र कुमार सिंह, बलिराम सिंह, डा. आर. के. सिंह, ई. राम सिंह, ई. रन्जित कुमार सिंह, अमित कुमार सिंह, रन्जित कुमार सिंह, सन्जिव कुमार सिंह, नरेन्द्र सिंह, धञ्जय कुमार सिंह, शंकर सिंह, सुशील कुमार सिंह, रितेश कुमार सिंह तथा रिना सिंहको प्रमुख सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *