मुलुक डेस्क, महोत्तरी । २०८२ असार २६, बिहीवार

महोत्तरीको प्रसिद्ध विद्यालय श्री दुर्गा माध्यमिक विद्यालय मनरामा आज गुरु पुर्णिमाको दिन गुरुजनप्रति सम्मान श्रद्धा र आदर प्रकट गर्दै विशेष महोत्सवको आयोजना गरिएको छ। सबै कक्षाका विद्यार्थीहरुले गुरुजनलाई केक खुवाएर सम्मान गरेका थिए भने चकलेट र कलम पनि बाडेका थिए ।

पढाई संगसंगै ज्ञानगुनका वार्तालाप र मनोरञ्जनात्मक कार्यक्रम गरेर हर्षाेउल्लासका साथ गुरु पुर्णिमा मनाएको स. प्रअ रन्जित कुमार सिंह चौहानले बताए । उक्त अवसरमा प्रधानाध्यापक कुमोद कुमार सिंह, प्राध्यापक संजीव सिंह, सिभिल इन्चार्ज सौरभ मिश्र, इन्चार्ज कापर, शिक्षकहरु हरि शंकर साह, अमलेश यादव, अमरदिप यादव, बेचु सिंह, शिक्षिकाहरु सरिता सिंह, कविता सिंह, अंशु लगायत सबैको उपस्थिति रहेको थियो ।

गुरु पुर्णिमा खास गरि शिष्य हरुले गुरुप्रति सम्मान जनाउने र स्मरण गर्ने दिन हो । शिष्यहरुले विभिन्न माध्यमबाट गुरुलाई सम्झने दिन। हिन्दु सनातन धर्ममा गुरुको महत्व निकै ठुलो रहेको छ। शिष्यहरु आ-आफ्ना गुरुलाई सम्झना वा सम्मान गर्न ठुला ठुला महोत्सव गरेर मनाउछन। गुरु शब्द को अर्थ आन्धकार मेटाएर उज्यालो तर्फ अर्थात प्रकाश तर्फ लैजाने व्यक्तिलाई भन्न सकिन्छ। आजै वेदव्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा पनि भनिन्छ।

