मुलुक डेस्क, महोत्तरी । २०८२ असार १६, सोमवार

महोत्तरीको मनरा शिसवामा नगरपालिकामा विद्यार्थी संस्कार शिविर २०८२ सम्पन्न भएको छ । संस्कार शिविर समापन समारोह श्री मुन्सिफ मावि साँढामा एक भव्य कार्यक्रमको बिचमा सफलतापुर्वक सम्पन्न भएको छ ।

मनरा शिसवामा नगरपालिकाको आठवटै माध्यमिक विद्यालयबाट कक्षा ८ ९ र १० का विद्यार्थीमध्ये करिब ९० जना विद्यार्थी संस्कार शिविर २०८२ मा सहभागिता जनाएका थिए । बर्दिबासमा असार १० गतेदेखि १६ गतेसम्म संचालन भएको शिविरमा विद्यार्थीलाई आध्यात्मिक ज्ञान विज्ञानको कक्षा, योग अभ्यास, संस्कार, करियर काउन्सिल, जीवन दर्शन, आत्मरक्षा सम्बन्धि बहुउपयोगी अभ्यासमा गराइएको थियो ।

समापन समारोह मनरा शिसवा नगरपालिकाको मेयर मोहन पाण्डेयको अध्यक्षतामा र मधेश प्रदेशको शिक्षामन्त्री रानी कुमारी तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा उपमेयर शकुन्तला देवी, महोत्तरीको सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, स.प्र.उ. पुरन चन्द्र भट्ट, प्र.प्र.स. राजेश कुमार शर्मा, वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

शिक्षा सरोकारको सुचनालाई विद्यालयले नियमित ध्यान दिनु पर्ने र स्थानीय प्रदेश र संघीय सरकारबिच समन्वय हुनुपर्ने शिक्षामन्त्री तिवारीले आफ्नो सम्बोधनमा बताइन् । यसैगरी मेयर पाण्डेयले आवासीय अध्ययनमा जोड दिए । विद्यार्थीको अध्ययनसंगै निरन्तर संस्कार र योग अभ्यास जरुरी रहेकोे बताए ।

प्रशिकक्षार्थीले आफुले सिकेको कलालो प्रदर्शनी गरेको कार्यक्रममा आयोजक श्री मुन्सिफ माविका प्रअ मदन कुमार सिंहले स्वागत मन्तव्य दिएका थिए । यसैगरी कार्यक्रममा श्री दुर्गा माविका प्रअ कुमोदकुमार सिंह, श्री दुर्गा क्याम्पसका प्रमुख संजीव सिंह, सहसराम माविका प्रअ तेजनारायण मिश्र, कटैया माविका प्रअ बेचन राय, भैगुलो माविका प्रअ अरबिन्द ठाकुर, कुलदिप माविका प्रअ रामराज साह, सरपल्लो माविका बृजलाल सहनी, सोनौल माविका विश्वकर्माको उपस्थिति रहेको थियो ।

मनरा शिसवा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको भने कार्यक्रमको संचालन रामचन्द्र यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *