मुलुक डेस्क, महोत्तरी । २०८२ जेष्ठ २६, सोमवार

मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ।

महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत र सम्मानित गरेको हो । पानले प्रत्येक वर्ष नेपालभरिबाट शिक्षा क्षेत्रमा योगदानबारे २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत गर्दछ ।

यस वर्षको मूल्याङ्कन समितिको अध्यक्ष प्रा.डा. विद्यानाथ कोइराला थिए । पानद्वारा पोखरामा आयोजित आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो । महोत्तरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र किसानहरुलाई सुविधा हुने क्षेत्रमा राम्रो काम गरेको छ । पशु सेवा केन्द्रको निर्माणदेखि जनचेतना र जानकारीमूलक कार्यक्रमहरु अगाडि बढाएको छ ।

२०८२–८३ मा पर्सादेखि महोत्तरी–सनुखरासम्मको सडक, महोत्तरीदेखि परकौलीचोकसम्मको सडक र गोरीगम्मादेखि रातोपुलसम्म पक्की नाला सहितको सडकको निर्माण सांसद गोमा लाभको प्रयासले शहरी विकास मन्त्रालयको योजना अन्तर्गत बन्ने भएको छ । यी तीनवटै योजनामा ३–३ करोडको गरी ९ करोड बजेट राखिएको छ ।

muluktimes #education #pokhara #kathmandu #Mahottari #principalassociationofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *