संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १९, सोमवार

श्री मुन्सिफ माध्यमिक विद्यालय साँढा २०११ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा नगरपालिका-४, साँढामा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १२ सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि २१ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १३०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा थप शिक्षक, भौतिक पुर्वाधार, गेट र सौन्दर्यीकरणको नितान्त आवस्यकता रहेको प्रधानाध्यापक मदन कुमार सिंहले बताए । साथै शिक्षक र स्रोतको अभावमा सुबिधासम्पन्न कम्प्युटर लैब पनि संचालनमा नआएको गुनासो प्रअ सिंहको रहेकोे छ ।

#muluktimes #Mahottari #MANARA #sadha #school #manarashisawa #GovernmentSchool

Leave a Reply

Your email address will not be published. Required fields are marked *