संजीव सिंह, काठमाडौं । २०८२ जेष्ठ १८, आइतवार

राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले जेष्ठ १७ गते शनिवार ललितपुरको सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिर परिसरमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ ।

आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव, सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले केहि वर्षदेखि वार्षिक रुपमा वनभोज कार्यक्रम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र रोजगारसंगै उद्यम एवम् वैवाहिक सम्बन्ध तथा संस्कृति जगेर्णा गर्न र आफ्नो पहिचान परिस्कृत गर्न समाज निरन्तर तत्पर रही कार्य गर्दै आएको छ । आपसी सदभाव, समन्यवन र सम्वादको निरन्तर चलि राख्ने कार्यक्रममध्येको ऐतिहासिक “वनभोज कार्यक्रम २०८२” सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजको शुभेच्छुक तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहेका थिए ।

राजपुत समाज नेपालले सामुहिकरुपमा पारिवारिक मिलाप र मिठासको महोत्सवलाई आत्मसात गर्दै राजधानीमा वनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।गीत संगीत र मनोरञ्जनात्मक खेल संगै स्वादिष्ट खानपिनको साथ समाजले आयोजना गरेको वनभोज कार्यक्रम २०८२ निकै उत्साहपुर्वक सम्पन्न भएको हो। कार्यक्रममा करिब एक सयजना भन्दा बढीको सहभागिता रहेको जानकारी समाजका अध्यक्ष विजयकुमार सिंहले बताए । सयौंको संख्यामा उपस्थिति जनसमुदायले परिवर्तन र स्विकारोक्तीको सन्देश दिएकोमा समाजका सदस्यहरु प्रति अध्यक्ष सिंहले आभार प्रकट गरे ।

कार्यक्रममा रमाइलो नाचगान, खानपान र मनोरञ्नका साथै सम्वादको शृङ्खला अन्तर्गत एकआपसमा परिचय पनि आदानप्रदान भएको जानकारी महासचिव संजीव सिंहले बताए । महासचिव सिंहका अनुसार राजपुत समाज नेपालले आफ्नो शाखा विस्तारसंगै आफ्नै जग्गा र भवन निर्माण कार्य चाँडै गर्ने गरि कार्य गरेको जनाए । यसैगरी स्थापनाको पाँचौ वार्षिकाेत्सवमा स्मारिका प्रकाशनसंगै भव्य सम्मान कार्यक्रमको आयोजना हुने बताए । साउनको ०७ गते समाजको स्थापना दिवस पर्दछ ।

वनभोज कार्यक्रममा समाजका उपाध्यक्ष उमेश सिंह, सचिव ध्रुबकुमार सिंह, कोषाध्यक्ष राकेशकुमार सिंह, कार्यसमिति सदस्यद्वय पुष्पा सिंह र शिवचन्द्रकुमार सिंहको सहभागिता रहेकोे थियो । यसैगरी समाजका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह, सल्लाहकार कृष्ण सिंह, आजिवन सदस्य अमित सिंह, प्रोफेसर अमरेश सिंह, ई. राम सिंह, ज्ञानेन्द्र कुमार सिंह, धनन्जय कुमार सिंह, टुनटुन प्रसाद सिंह, रुपम सिंह, रुपक सिंह, डा. समीर सिंह, शत्रुध्न सिंह, मनोज कुमार सिंह, मुकेश कुमार सिंह, डा. सिके सिंह, रन्जित कुमार सिंह, बेचु सिंह, जयकुमार सिंह, जगदीश सिंह, सुधिर सिंह, सुरजप्रकाश सिंह, रमेश सिंह, ॐअप्रकाश सिंह, कुनाल सिंह, सितान्शु सिंह, रोशन सिंह, डा. अन्कित सिंहलगायत बच्चा, महिला एवम् आगन्तुकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा आफ्नो शुभेच्छा र सहभागीता जनाउनेमा न्यायाधीश मोना सिंह, रिना सिंह, सुधा सिंह, शिवानी सिंह, रितु सिंह, सीमा सिंह, ज्योति सिंह, रानी सिंह, स्वेता सिंह, गीता सिंह, निलिमा सिंह, बेबी सिंह, प्रीति सिंह, रुबी सिंह, अंशिता सिंह, हृसीता सिंह, श्रुती सिंह, स्मृति सिंह, भारती सिंह, सुदिप्ता सिंह, सुप्रीया सिंह, नितु सिंह, अवन्तिका सिंह, अनामिका सिंह, सहित समाजकाअनेकौं हस्ती रहेका थिए ।

राजपुत समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रमलाई सफल बनाउन समाजका सचिव ध्रुबकुमार सिंह र कार्यक्रम संयोजक अमितकुमार सिंह लगायतको महत्त्वपूर्ण भुमिका रहेको थियोे ।

(सिंह राजपुत समाज नेपालका महासचिव हुन् ।)