संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १६, शुक्रवार

श्री माध्यमिक विद्यालय सहसराम २०२१ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा-८, सहसराममा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १० सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि १७ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १००० विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा थप भौतिक पुर्वाधार निर्माणको क्रममा रहेको छ। अध्यापन र व्यवस्थापन पक्ष सबल रहेको स्थानीयको भनाईलाई प्रधानाध्यापक तेजनारायण मिश्रले पुष्टि गरे । यसैगरी साइकल स्टैण्ड, मन्दिर, भवन, थप शौचालयको कार्य छिटो सम्पन्न हुने वडाध्यक्ष अजय कुमार सिंहले बताए । डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कोर्स र विद्यालय सौन्दर्यीकरणकाे कार्य पनि यथासिघ्र अघि बढने क्रममा रहेको व्यवस्थापन समिति अध्यक्ष मनोज कुमार पाण्डेयले बताए ।

#muluktimes #Mahottari #MANARA #sahasram #school #manarashisawa #GovernmentSchool

Leave a Reply

Your email address will not be published. Required fields are marked *