संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०५, सोमवार

शहीद मिथिलेश दुबेको आज ४६ औं स्मृति दिवस रहेको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए ।
२०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धमा दुबे पनि संलग्न रहेका थिए । श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा ७ मा अध्ययनरत् रहेका दुबे बहुदलीय व्यवस्थाको पक्षधरको आन्दोलनमा सरिक रहेका थिए । आन्दोलन कै क्रममा कटैयामा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका थिए। नाबालक अवस्थामा वीरगती प्राप्त गरेका दुबे वर्तमान राजनीति सामाजिक परिवेशमा ओझेलमा परेको स्थानीय जनता र परिवारको जनगुनासो रहेको छ ।