डा. मनोज कुमार झा, काठमाडौं । २०८१ चैत्र १६, शनिवार

मेयर बालेन्द्र साहको स्टन्टबाजी र चटक प्रति घोर आपत्ति जनाउँदै तत्काल त्रुटि सच्याउन राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज कुमार झा ले प्रेस वक्तव्य मार्फत सार्वजनिक गरेका छन् ।
यस्तो संवेदनशील समयमा चटक देखाउने होइन, जनता र देश सँगै उभिने बेला हो यो । बालेन जी, चटक होइन आफुलाई देशभक्त नागरिक भएको प्रमाणित गर्ने बुद्धि पलाओस ।
स्टन्ट पनि कस्तो कस्तो, पुर्वराजा ज्ञानेन्द्रसंग सहमत हुनु वा नहुनु फरक विषय भए पनि यसप्रकार को निर्णयलाई सस्तो लोकप्रियता बटुल्ने प्रयास बाहेक केही भन्न सकिन्न । तिनकुनेमा प्रदर्शनको लागि अनुमतिप्राप्त गर्ने व्यक्ति वा संस्थालाई जरिवाना गर्नुपर्ने होइन र ? यतिसम्मको सामान्य ज्ञान रहेनछ मेयरमा ? बालेनको बौद्धिक, कानुनी र कार्य क्षमतामाथि प्रश्न उठाउन नसकिने होइन, नउठाएको मात्र हो । हेक्का रहोस !
अस्ति फाल्गुन २५ गते पोखराबाट राजा ज्ञानेन्द्र फिर्ती सवारी हुँदा राजाको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आम नागरिक स्वस्फूर्त उपस्थित भएका थिए, कुनौ एक पार्टी अभियान संस्थाले एक्लै आयोजना गरेको त्यो कुनै घोषित औपचारिक कार्यक्रम थिएन । तर, त्यसमा पनि बालेनले स्टंटबाजी गर्दै कुनै एक पार्टी र ब्यक्तिलाई हाइलाइट गर्नैका लागि चट्क देखाए ।
खै के भनौं ! अहिले कानुनी रुपमा राजालाई तान्न, हिजोको घटनामा दोषी ठहर्याउन, हिजोको घटनामा राजाको प्रत्यक्ष संलग्नता प्रमाणित गर्न विभिन्न योजना-षडयन्त्र बुनिदै छ र आज मेयर बालेन्द्र साह को यो स्टन्टबाजी पनि त्यसैको कडी हो । यदि राजाले यो जरिवाना तिरे राजा संवत: कानुनी फन्दामा परिने निश्चित छ, कानुनी रुपमा प्रमाणित नै हुनेछ। ओली, प्रचण्ड र देउवाको योजना तहत मेयर बालेन्द्र साह ले यी तुच्छ स्टन्ट गरेका त होइन्न भन्ने गम्भीर प्रश्न र आशंका उब्जिएको छ।स्टंटबाजी र चटकको पनि सिमा हुन्छ हौं, आफ्नै मुखमा आफ्नै हातले कालो पोत्ने कार्य नगरेकै बेस ! अल्लारे केटाकेटीपन छोडाै। अब त मेयर भएको पनि झन्डै ३ वर्ष हुनथल्यो, अलि गम्भीर हुनुस, युवा पुस्ताले उनमा आफ्नो र देशको भविष्य देख्दैछन् ।