वीरेश राई, माेरङ । २०८१ चैत्र १६, शनिवार

साहित्यकार पुरन याक्खाका दुई कृति ‘गर्भभित्र’ कविता सङ्ग्रह र ‘झुपडी’ कथासङ्ग्रह आज एक विशेष समारोहका बीच लाेकार्पण भएको छ।

भानुसाझा पुस्तकालयकाे सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्याैपानेले प्रमुख अतिथिको हैसियतले उक्त दुई कृतिको लाेकार्पण गरेका हुन्। साहित्यकार छवि बैरागीद्वारा सम्पादित उक्त दुई कृतिमध्ये ‘झुपडी’ कथासङ्ग्रहकाे कवि टीका आत्रेय र ‘गर्भभित्र’ कवितासङ्ग्रहकाे कवि/गीतकार वम देवानले समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा दुई कृतिका सर्जक पुरन याक्खालाई चर्चित कवि मनु मन्जिल, छन्द कवि छवि बैरागी, सुकुना क्याम्पस (माेरङ) का पूर्व क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ, पुस्तकालयका निवर्तमान अध्यक्ष एवम् गीतकार वीरेश राई र लेखक /अनुसन्धानकर्ता केशु विरहीले शुभकामना मन्तव्यकाे क्रममा साहित्यकार याक्खालाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। पुस्तकालयका साहित्य सचिव रवि श्रेष्ठद्वारा सन्चालित उक्त कार्यक्रममा बाबा बस्नेत, रुपक श्रेष्ठ, विशाल गुरागाई, रवि श्रेष्ठ र प्रिन्स प्रमाेद ढकालले ‘गर्भभित्र’का एक एकवटा कविता वाचन गरेका थिए।

पुस्तकालयका उपाध्यक्ष लाेक माेक्तानद्वारा स्वागत मन्तब्य राखिएको उक्त लाेकार्पण समाराेहमा अतिथिको रुपमा सांसद एवम् कवि मीना श्रेष्ठ, साहित्यकारहरु लेखनाथ घिमिरे, कृष्णविनाेद लम्साल, केशव सुनाम, भरत बर्वरिक, नवराज पाेखरेल, राेहिनी रसिक, केपी घिमिरे, जगदीश सापकोटा, दुर्गा पराजुली, जीवन राई, गीता कुलुङ, रमेश निराैला, दीप मगरातीकाे उपस्थिति थियो।

यसैगरी गीतकार मिश्रा गुरुङ, चन्द्रमणि गुरागाई, राजकुमार तामाङ, भक्तिप्रसाद सिटाैला, चैतन्य सिटाैला, राजकुमार साह, देवेन्द्र राई, तीर्थ तामाङ, राजेन्द्र राई राजु , राेशनी परिवार लगायतकाे भव्य उपस्थिति रहेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *