मुलुक डेस्क, महोत्तरी । २०८१ चैत्र १४, बिहीवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था उपशाखा कार्यालय मनरा शिसवाको आयोजनामा कार्यक्रम भएको छ।

कार्यक्रममा कार्य क्षेत्रमा रहेका उप शाखा प्रमुख तथा अभिभावक गरी करिब दुई सय जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मनरा शिसवा नगरपालिकाका वडा नम्बर १ को वडाध्यक्ष गोविन्द चौरसिया, प्रमुख प्रशिक्षक तथा श्री दुर्गा क्याम्पसका स. क्याम्पस प्रमुख संजीव सिंह, समाजसेवी अजय कुमार सिंह र चितरञ्जन प्रसाद सिंह सहित अतिथिको उपस्थिति रहेकोे थियो ।

आधिकारिक भरपर्दो वित्तीय संस्था सँग स्वावलम्बन लघुबित्तको आजको कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख चन्दन कुमारी चौधरी, इलाका कार्यालय बर्दिबास कलस्टर ‘ग´ जनकपुरका प्रमुख भागवत यादव, उप शाखा प्रमुख नथुनी महतो कुशवाहा, राजबाबु यादव, सहायक मुकेश कुमार चौधरी, राम स्वार्थ यादव लगायतको सहभागिता रहेको थियो। साक्षरता कार्यक्रममा मेनका कुमारी साह, रानीदेवी तिवारी, रानीदेवी राउत, अमृता सिंह, चान्दनी सिंह, पुनम सिंह, कामिनी सिंह, बबिता मण्डल, रंजु राउतको पनि सहभागिता रहेकोे थियो ।

प्रशिक्षक सिंहले लघुबित्तको इतिहास, अवस्था, चुनौती र सुधारको बारेमा प्रष्ट पारेका थिए । यो संगसंगै आवस्यकता र चाहना, बचत तथा लगानी, उद्यमशिलता, बिमा, वित्तीय अनुशासन र कर्जा कसरी नियमित तिर्ने सम्बन्धि थप चर्चा प्रशिक्षणको क्रममा गरेका थिए। संस्थाले सदैव ग्राहक मैत्री सेवा दिँदै आएको र भोलीका दिनमा पनि थप कार्यक्रम सहित ग्राहकको घरदैलोमा पुग्ने उप शाखा प्रमुख नथुनीले बताए ।

वित्तीय अनुशासनमा बसेर राम्रो कारोबार गर्न र राम्रो कारोबार गर्दा गर्दै ठगीमा परे सम्बन्धी निकायमा उजुरी दिन समेत प्रमुख भागवत यादवले सबैलाई आग्रह गरे । एकदिने वित्तीय साक्षरता तथा अन्तर्कृया कार्यक्रममा सहभागी महिलाहरुले शिक्षामुलक, फलदायी र प्रेरणायुक्त कार्यक्रम भएको प्रतिक्रिया दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *