वीरेश राई, सङ्खुवासभा । २०८१ चैत्र १३, बुधवार

माेरङको सुन्दरहरैँचा स्थित भानुसाझा पुस्तकालयद्वारा आयाेजित हुने कार्यक्रममा साहित्यकार पुरन याक्खाद्वारा रचित दुई कृति यही चैत १५ गते शुक्रबार लाेकार्पण हुँदैछ। याक्खाका “गर्भभित्र” कवितासङ्ग्रह र “झुपडी” कथासङ्ग्रह लाेकार्पण हुने कार्यक्रम रहेकोे छ ।
प्रा.डा. टङ्कप्रसाद न्याैपानेले प्रमुख आतिथ्यतामा लाेकार्पण हुने उक्त समाराेहमा वरिष्ठ कवि वम देवान, चर्चित कवि मनु मञ्जिल, देवान किराँती, हेमन यात्री, बद्री भिखारी र छवि बैरागी घिमिरेहरुकाे पनि विषेश उपस्थिति रहने आयोजकले जनाएको छ। यसरी नै अच्छा राई “रसिक” साहित्य प्रतिष्ठान ईटहरीका अध्यक्ष केशव सुनाम, सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष राजु केसी, स्थानीय कवि प्रदीप लम्साल, गजलकार जीवन राई पनि उपस्थिति रहने छन् ।

भानुसाझा पुस्तकालय माेरङ जिल्ला कै सबैभन्दा पुरानोमध्येको एक पुस्तकालय हाे। बि.स. २०२७ सालमा स्थापित पुस्तकालयका बर्तमान अध्यक्ष पुरन राई वहुआयामिक सर्जक हुन्। केही गीतहरू रेकर्ड गरिसकेका राईका एक गीतसङ्ग्रह र एक गजलसङ्ग्रह पनि चाँडै प्रकाशित हुने क्रममा रहेकोे छ ।
पुस्तकालयका साहित्य सचिव गजलकार / गीतकार रवि श्रेष्ठद्वारा सञ्चालन हुने उक्त विमाेचन समारोहमा यसै पुस्तकालयका निवर्तमान अध्यक्ष वीरेश राई पनि सहभागी हुने आयोजकले जनाएको छ । यस पुस्तकालयले ०५४ सालदेखि प्रकाशन आरम्भ गरेको “फूलबारी” मासिकका संस्थापक प्रधान सम्पादक राईले निरन्तर २१ वर्ष अध्यक्षकाे जिम्मेवारी लिएर भानुसाझा पुस्तकालयलाई प्रवर्द्धन गर्ने कार्यमा महत्त्वपूर्ण याेगदान गरेको आयोजकले बताए । फूलबारी मासिकका संस्थापकको रुपमा राईसंगै प्रदीप लम्साल, क्षितिज सुवेदी, सागर गुरागाई, सरिता राई, रवि श्रेष्ठ, कमल तिम्सिना, लाेक माेक्तान र कृष्ण भुजेल रहेका हुन् ।

ज्याेति माध्यमिक बिध्यालयमा ०२७ सालमा जन्मिएको भानुसाझा पुस्तकालयकाे नयाँ निर्मित भवन निर्माणका लागि साविक सुन्दरपुर गाविस निवासीहरु प्रायः सवैले आर्थिक सहयोग गरेका छन् । यस पुस्तकालयका संस्थापक हुन् टीकाराम पाण्डे (अध्यक्ष), धरणीधर गुरागाई (उपाध्यक्ष), रामचन्द्र लिम्बू (सचिव), दीनानाथ गुरागाई (उपसचिव) र भरत राई काेषाध्यक्ष र गाउँभरिका सबै घरका ब्यक्तिहरु सदस्य रहेका छन् ।