बद्री नाथ झा, जनकपुर । २०८१ चैत्र ११, सोमवार

भारतीय राजदूतावास तथा भारतीय बाणिज्य महादूतावासको सहयोग तथा इण्डियन काउन्सिल ऑफ नयाँ दिल्ली द्वारा कुलेश्वर ठाकुरको टीम द्वारा जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केंद्र सभागारमा “मयूरभंज छऊ” नृत्य कार्यक्रम हिजो राती सप्पन्न भएको छ।
भारतीय बाणिज्य महादूतावास वीरगंजका बाणिज्य महादूत देवी सहाय मीनाले मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, मधेश प्रदेशका सभाभुख राम चन्द्र मण्डल तथा शिक्षा मंत्री रानी कुमारी तिवारीलाई पुस्पगुच्छा सहित सम्मानित गरेकी थिइन् ।
उक्त कार्यक्रमको शुरुआत नेपाल तथा भारतकाे राष्ट्रगान बाट भएको थियो। कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्व मंत्री सुरीता साह, चंदन सिंह, किरण साह, जनकपुरधामका मेयर मनोज कुमार साह, पूर्व मेयर बजरंग साह, हिन्दी भाषा अभियानी तथा मधेशवादी नेता रमन पाण्डेय, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीकाे पनि उपस्थिति रहेकोे थियो ।