वीरेश राई, खाँदबारी । २०८१ चैत्र १०, आइतवार

सङ्खुवासभा जिल्लामा नवगठित प्रगतिशील लेखक सङ्घ (प्रलेस) जिल्ला समितिले आज “गाउँ गाउँमा प्रलेस, टोलटोलमा साहित्य” नामक अभियानको शुभारम्भ गरेको छ। ‘हामी गाउँलाई सुन्छौं, हामी गाउँलाई सुनाउँछौं, राम्रो लेख्न सिकाउँछौ, राम्रो लेखे छपाउँछौं।” भन्ने नारा प्रलेसको रहेको छ।

प्रलेस अध्यक्ष ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा नेता सुनिता कार्की रहेकी थिइन् । वडा नं. ३ को वडासदस्य भूमादेवी पाण्डे, टोल बिकास संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकी, आमा समूहको अध्यक्ष जानुका खत्री, प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, जिल्ला उपाध्यक्ष रामप्र लम्साल, कोषाध्यक्ष राम गुरुङ्, सदस्य गुरु सुवेदी, पत्रकार अनिष बिष्ट, पत्रकार जनक चापागाई, स्थानीय जेष्ठ आमाहरु, विभिन्न विद्यालयका शिक्षकहरुका साथै विद्यार्थीहरु रहेका थिए।

प्रलेस सचिव सनम थापाले सन्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि भूमादेवी पाण्डेले स्वागत मन्तब्य दिइन्। नरबहादुर, राजेन्द्र, जानुका लगायतले शुभकामनाा ब्यक्त गरेका थिए। राम गुरुङ्, गुरु सुवेदी, सनम थापा, तारा बुढाथोकी लगायतले कविता प्रस्तुत गरेका थिए । बालबालिका लाई कपी र कलम दिएर कविता लेख्न सिकाइएको थियो । उनीहरुले ठाउँका ठाउँ कविता लेखेर प्रस्तुत गरेका थिए । बालबालिकाहरुलाई कविता लेख्न सिकाएर लेखेर सुनाउन प्रेरित गर्नु कार्यक्रमको प्रमुख अभीष्ट रहेको अध्यक्षले बताए। पिजिता खत्री, विनिषा खत्री, युनिषा घिमिरे, निर्मल भट्टराई, असिम बुढाथोकी, अनुप खत्री, सोनियल भट्टराइ, अजित बुढाथोकी, निर्मल भट्टराई लगायत ९ जना बाल कविले कविता बाचन गरेका थिए। प्रतियोगितामा विग्यता खत्री, निसा खत्री, असिम बुढाथोकी र अनुप खत्री क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए ।विजयी कविहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । बार्षिक परीक्षा तथा एसईई परीक्षाको समय रहेकाले नौजनामात्र बाल कवि सहभागी भए । समारोहमा ८५-९५ उमेरका एक दर्जन आमाहरु पनि सहभागी थिए भने ९३ बर्षीय एकजना आमाले मन्चबाट आफ्नो सिर्जना पस्केर सबैलाई चकित बनाइन् ।

आस्थाहरु भत्काएर होइन आस्थाहरुको संवर्धन गरेर प्रगतिवादी आन्दोलन सशक्त रुपमा अघि बढाउनुपर्छ भन्ने दृष्टिकोणका साथ खाँदबारी ३ गुवाबारी गाउँ बिचको उखुबारीमा रहेको अमृतेश्वर महादेवको सभाहलबाट अभियानको आरम्भ गरेको र कार्यक्रमको उद्घोष गरेको अध्यक्ष बुढाथोकीले बताए। कार्यक्रममा चिया नास्ताको प्रवन्ध टोल बिकासले, पुरस्कारको व्यवस्थापन स्थानीय शिक्षक अमितले, साउण्ड सिष्टम, हल तथा फर्निचर मन्दिर व्यवस्थापन समितिले गरेको भूमादेवी पाण्डेले बताइन्।
टोलहरुले एकल तथा संयुक्त रुपमा व्यवस्थापन गरिदिने अनुरोध गर्दै प्रलेस आफ्नो प्रशिक्षण, प्रवचन तथा कवि गोष्ठी लिएर प्रस्तुत हुने योजना रहेको बताइन्छ। कला र साहित्यप्रति घट्दो आकर्षणलाई कम गरी देशभर श्रमजीवी जनताको वस्तीहरुमा श्रमप्रति सकारात्मक भावना जगाउन, सामाजिक सद्भाव र एकता बढाउन, अन्धविश्वास रहित आस्थाहरुको संवर्धनमार्फत सचेततापूर्वक दीगो विकास गर्न यस प्रकारको कार्यक्रम फलदायी हुने प्रलेस संखुवासभाका अध्यक्ष समेत रहेका ताराबहादुर बुढाथोकीले बताए। बुढाथोकी मकालु साहित्यिक समाज र दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सङ्गठनका अध्यक्ष पनि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *