मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०७, बिहीवार

मधेश लगायत देशभर आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को सुरुवात भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक कक्षा-१० का ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गत वर्ष २०८० को एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । यसैगरी मधेशको १३६ पालिकामा रहेको ३१२ परिक्ष केन्द्रबाट ८८ हजार ८५८ परिक्षार्थीले परिक्षा दिने भएको छ ।

परीक्षाका लागि कुल २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको छ ।

#muluktimes #see #school #examtime #exams #Madhesh #madheshpradesh #Manara #students #manarashisawa #Mahottari #SecondaryExam

Leave a Reply

Your email address will not be published. Required fields are marked *