मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०६, बुधवार

निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको मिति सरेको छ ।

यस अघि २०८१ चैत्र ७ देखि ९ गते सम्म जनकपुरधाममा सम्पन्न गर्ने गरी निर्धारित गरिएको महाधिवेशन मञ्च आवद्ध जिल्ला तथा विभागिय कार्य समितिहरुको अधिवेशन सम्पन्न हुन नसक्नु तथा आन्तरिक व्यवस्थापकिय तयारी नपुगेको कारण जनाई चौथो महाधिवेशन सारिएको जानकारी मञ्चले मिति फाल्गुन २८ को परिपत्र मार्फत सरोकारबाला सबैलाई गराएको छ ।

यसरी सारिएको चौथो महाधिवेशन सम्पुर्ण आन्तरिक तयारी पुरा गरी मिति २०८२ बैशाख ५ देखि ७ गते जनकपुरधाममै सम्पन्न गर्ने समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *