डा. मनोज कुमार झा । २०८१ चैत्र ०५, मंगलवार

धर्म निरपेक्षता विध्वंसकारी भाइरस हो। यो जति गम्भीर देखिन्छ त्यो भन्दा निकै गम्भीर र क्रुर यसको धरातलीय यथार्थ हो । जसलाई शब्द र वाक्यले विश्लेषण गर्न सक्ने अवस्था छैन । तर पनि संक्षिप्त रुपमा तथ्य र प्रमाण राख्ने प्रयास गरेको छु ।
बि.सं. २०४५ पछि नेपालका उच्च पदस्थहरु किन यतिका बिरामी परे होला ? कसैको किडनी फेल त कसैको मुटुमा समस्या, कसैलाई विभिन्न थरीका क्यान्सर त कसैलाई के त कसैलाई के, नानाथरी दीर्घ एवं अति संवेदनशील प्राणघातक शारीरिक मानसिक समस्याले सिकिस्त – ग्रस्त बिरामीहरू देखेर सुनेर म सार्है नै – निकै नै चिन्तित थिए, बल्ल थाहा भयो !
आमालाई आमा नमान्ने, बहिनी लाई बहिनी र बुवालाई बुवा नमान्ने मानसिक बिमारीले ग्रस्त केही ब्यक्तिका कारण सम्पूर्ण समाज र देशमा दुर्तगतिमा फैलिरहेको अति नै डरलाग्दो किसिमको बिमारी देखेर हैरान-परेशान थिए म ।
यो कस्तो खालको विमारीले ग्रसित हुँदै छ देश, समाज र ब्यक्ति ? एउटा देशभक्त नागरिक र त्यसमा पनि चिकित्साशास्त्र / बिज्ञानको विद्यार्थी भएको नाताले पनि होला, यहि प्रश्न र जिज्ञासाले सताइरहेको थियो मलाई । यो कस्तो खालको “भाइरस” ले हाम्रो नेपाल आमा र तिनका सन्तति हामी नेपालीलाई ग्रसित गर्दैछ त ? संक्रमित गर्दैछ भनेर चिन्तित म धेरै वर्षदेखि अनुसन्धानमा थिए र अनुसन्धानको क्रममा फेला पारेको तथ्यहरु विभिन्न माध्यले पटकपटक सार्वजनिक पनि गर्दै आएको थिए । अब अनुसन्धान अन्तिम चरणमा पुगेको छ, त्यसकारण अनुसन्धान बाट प्राप्त तथ्यहरुलाई संक्षिप्तमा पस्किने दृढताको साथ जमर्को गर्दैछु ।
वास्तविकता यस्तो रहेछ, संक्षिप्त र सरल भाषामा बुझ्ने प्रयास गरौं । डलर खाएर “धर्म निरपेक्षता” नामको प्राणघातक भाइरस द्वारा पो संक्रमित भएका रहेछन् यो अति नै सिघ्र संक्रामक रोगको विनाशकारी रुपलाई “गणतन्त्र” पनि भनिदो रहेछ, यो भाइरसबाट संक्रमित ब्यक्ति, समुह, जात, गिरोह, ग्याङ लाई “गणतन्त्रवादी” भनिन्छ भने जब यसले आफनो विध्वंसकारी विनाशकारी स्वरुप द्वारा देश, समाज र ब्यक्ति-ब्यक्ति लाई संक्रमित गर्दै आफनो मौलिकता, कुल धर्म, पहिचान, सार्बभौमसत्ता, स्वाधीनता, ऐतिहासिक धरोहरहरु, राष्ट्रिय एकता, संस्कृति, भेषभुषा, भाषा, अनुशासन, रीतिरिवाज, रीरितिथी, संस्कार, परम्परा, खानपान, जीवनशैली, भाइचारा, मर्यादा, शिक्षा पद्धति लगायतका सबैथोकलाई विसर्जनको द्वार सम्म पुर्याउदै सम्पूर्ण तबरले कब्जा गर्न पुग्छ अर्थात दुरगामी शासकीय स्वरुपमा रुपान्तरण गर्दछ-हुन्छ तब यसलाई “धर्म निरपेक्ष गणतन्त्र” भनिदो रहेछ ।
यो भाइरसको प्रजनन प्रक्रिया र उत्पादन, नेपालमा उक्त भाइरसलाई INGO र NGO का नाममा खोलिएको रिसर्च एण्ड एनालाइसिस ल्याबको माध्यमबाट ब्यक्ति र समाजमा पठाइदो रहेछ, यसमा प्रयोग गरिने यो भाइरसलाई अत्यन्तै शक्तिशाली प्रभावकारी प्राणघातक विध्वंसकारी विनाशकारी बनाउन यसमा प्रयोग गरिने प्राणघातक केमिकलको नाम “डलर” नै हो । यो “डलर” भन्ने केमिकल अमेरिका लगायतका पश्चिमा राष्ट्रहरु बाट आयात-निर्यात गरेर ल्याइदो रहेछ भने यसलाई आयात-निर्यात गर्न अन्तर्राष्ट्रिय आतंकवादी “जर्ज सोरस” जस्ता ब्यक्तिहरु र USAID, GTZ, UNO, UNHCRC, RED CROSS, कार्टर सेन्टर, ओपेन सोसाइटी, UNDP, WHO लगायतका सैकडौं विभिन्न नाममा खोलिएका तथाकथित अन्तर्राष्ट्रिय सामाजिक संस्थाको प्रयोग गरिदो रहेछ । जुन तथ्य अब घाम झैं छर्लङ्ग भईसकेको छ, नाङ्गो तथ्य प्रमाणित भएको अवस्था छ ।
यो विषयलाई शब्द र वाक्यमा विश्लेषण नै गर्न नसकिने गम्भीर अवस्थामा नेपाल र नेपाली पुगेको देखिन्छ । अब समय भयो, यो बिमारी र भाइरसलाई नेपाली समाजले सघन उपचार गरेर सदाको लागि जडैदेखी निर्मुल पार्ने दृढता गरेन्न भने नेपाल, नेपाली नेपालीपना र नेपालीत्त्व इतिहासको पानामा एउटा कालो कालखण्डको रुपमा चित्रण गरिने र हाम्रा भावी पुस्ताको परिचय पहिचान अर्कै हुने निश्चित छ। त्यसैले, म नेपाली हुँ भनेर गर्व गर्ने सबै नेपाली जुरुक्कै उठने बेला भएको छ । नेपाल आमाको अस्तित्व खतरामा छ, है । बचाउने दायित्व, कर्तव्य, जिम्मेवारी हामी नेपाली कै हो, अरु कोहि कसैले तमासा मात्र हेर्ने हुन र उक्त क्रूर तमासामा ताली पडकाउँदै रमाउने, गिज्याउने र आफ्नो स्वार्थ साधने मात्र हुन्, सबैलाई हेक्का रहोस !
(डा. झा राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका संयोजक हुन् ।)