मुलुक डेस्क, विराटनगर । २०८१ चैत्र ०४, सोमवार

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले आइतवार उद्घाटन गरेको हो ।
महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखले बताएका छन् ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।
कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना समेत दिएको थियो ।