सुधा सिंह , काठमाडौं । २०८१ फाल्गुन १५, बिहीवार

राजपुत समाज नेपालले महाशिवरात्रीको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि एकदिने नि:शुल्क “स्वास्थ्य शिविर तथा औषधी र प्रसाद वितरण” कार्यक्रम संचालन गरेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालले एकदिने नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी र प्रसाद वितरण कार्यक्रमको सफलतापुर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रसादको रुपमा भक्तजनको लागि गाजरको हलुवा, खीर र खानाको प्रबन्ध गरिएको थियो। यसका साथै स्वास्थ्य उपचार र औषधि वितरण पनि नि:शुल्क गरिएको थियो । करिब सय जना राजपुतको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम गरिएको थियोे । प्रसाद र भोजन मात्रै करिब ३ हजारभन्दा बढीले गरेको थियो ।

स्वास्थय कार्यक्रम अन्तर्गत करिब के९५ मास्क र सर्जिकल मास्क एक एक हजार थान वितरण गरिएको थियो । पारासिटामोल दुई हजार ट्याबलेट, ओआरएस ५००, एजिथ्रोमाइसिन, भिटामिन डि र बि कम्प्लेक्स लगायत अन्य औषधि वितरण गरिएको थियोे । ५०० भन्दा बढीले स्वास्थ्य उपचार गराएको राजपुत समाजले जानकारी गराएको छ । हजारौं श्रद्धालुलाई प्रसादसंगै फलफूल, जुस, पानीको व्यवस्था पनि गरिएको थियो ।

समारोह सत्रको उद्घाटन समाजका अध्यक्ष विजय कुमार सिंह, उपाध्यक्ष उमेश सिंह, महासचिव संजीव सिंह, सचिव ध्रुवकुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, वरिष्ठ सल्लाहकार एवम् राजनीतिज्ञ राम किशोर सिंह, कार्यक्रम संयोजक अमित सिंह, राम सिंह, डा. सिके सिंह, धञ्जय सिंह, रुपक सिंह, जयकुमार सिंह, सुशील सिंह सहितले गरेका थिए ।

क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावना सहित श्रद्धालु भक्तजनको सेवामा समर्पित यो कार्यक्रम प्रत्येक वर्ष शिवरात्रीको अवसरमा यसैगरी मनाउदै आएको महासचिव सिंहले बताए ।कार्यक्रममा वरिष्ठ सल्लाहकार अमर किशोर सिंह, सुनिल कुमार सिंह, नरेन्द्र सिंह, राजीव सिंह राजपुत, प्रेमकुमार सिंह, रमेश सिंह, ज्ञानेन्द्र कुमार सिंह, सुधिर सिंह, अनिल सिंह, रन्जित सिंह, लालबाबु सिंह, टुनटुन प्रसाद सिंह, विवेक सिंह, बिवेक कुमार सिंह, सोनम सिंह, पल्ल्वी सिंह, अनिला सिंह लगायतको उपस्थिति रहेको थियोे ।

स्वास्थ्य टिममा चिकित्सक डा. सिके सिंह, डा. प्रसान्त सिंह, डा. स्नेहा सिंह, डा. राकेश सिंह, डा. अंकित सिंह, डा. राजा सिंह, डा. विवेकले सेवा प्रदान गरेका थिए । यसैगरी आस्था शर्मा, सृजना थापा, प्रतिमा विष्ट, मान्यता पौडेल, एलिसा कार्की, प्रिया उपाध्याय सहित महिला स्वास्थकर्मी नर्स लगायतले सेवा दिएकी थिइन् ।

