मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन ११, आइतवार

नेपाल सहकारी संस्था लिमिटेडको वार्षिक क्यालेन्डर अनुसार संस्थाले यो वर्षको शैक्षिक भ्रमण काभ्रेपलान्चोकको धुलिखेलमा मनाएको छ ।
संस्थाद्वारा वार्षिक रुपमा मनाइने शैक्षिक भ्रमण अनुरुप यो वर्ष ऋण असुली र लगानी, सहकारीप्रतिको बिस्वास र अनुकुल वातावरण सम्बन्धि विषयक आन्तरिक प्रशिक्षण र छलफल गर्दै सहभागिहरुले धुलिखेलस्थित मिराबल होटेल एण्ड रिसोर्टमा सामुहिक भ्रमण र अवलोकन गरेका छन् । अवलोकन शैक्षिक भ्रमणले वित्तीय सुधार, कर्मचारीको हकहित र संस्थाको चौतर्फी प्रगतिको बारेमा विभिन्न कोणबाट चर्चा गरिएको अध्यक्ष राकेश कुमार सिंहले बताए ।

नेपाल सहकारी २०५१ सालमा स्थापना भएर ०५२ सालदेखि संचालनमा आएको संस्था हो । यसै वर्ष २९ औं वार्षिक साधारणसभा मनाएको नेपाल सहकारीको प्रधानकार्यालय बागबजार रहेको र शाखा केन्द्र न्युरोड रहेको छ । यो सहकारीको देशभर बैंकिङ्ग कारोवार गर्ने सेवा रहेको छ ।

शैक्षिक अवलोकन भ्रमणसंगै पिकनिक र नाचगान समेत भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति र सम्पूर्ण कर्मचरीहरुकाे उपस्थिति रहेको संस्थाका सचिव संजीव सिंहले बताए । राकेश कुमार सिंहले जानकारी गराए।
