मुलुक डेस्क, काठमाडौं । २०८१ पौष ०८, सोमवार

नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि फाइनल खेल पश्चात् त्रिवि क्रिकेट मैदानमा अराजक र गुंडाहरुले गरेको आक्रमणको विरोधमा आज विहान सोमवार सर्लाहीमा प्रदर्शन भएको छ।
फाइनल सकिनसाथ सर्लाही बलराका अमनकुमार सिंहलाई एक समूहले निशान बनाई घाइते पारेको थियो। सिंहलाई मरनासन्न हुने गरि कुटपिट गर्दै दुवै हात भाँचि दिएको, थियोे। हाल सिंहलाई वीर अस्पतालमा राखेर उपचार गरिँदै छ।

जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो। नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले जनकपुर बोल्ट्समाथि असभ्य तरिकाले गाली गर्ने, कुटपिटमा भाग लिने सबैलाई कारबाहीको माग गरेका छन् ।
सिंहमाथि कुटपिट भएपछि दोषीलाई कारबाही माग गर्दै मधेशी आयोग, मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंह, पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गगण थापा लगायत सयौंले विज्ञप्ति जारी गर्दै दोषी उपर कडा कारवाही गर्न सिफारिस गरेको छ ।