आर. डी. श्रेष्ठ, काठमाडौं । २०८१ मंसिर १५, शनिवार

सहकारी क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २९औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ ।

मंसिर १५ गते शनिवार काठमाडौंको जमल स्थित होटेल येल्लो पैगोडामा सम्पन्न २९औं साधारण सभाको समुद्धाटन प्रमुख अतिथि पुर्वन्यायाधिश तथा विश्व हिन्दु परिषद नेपालका अध्यक्ष पुरुषाेत्तम भण्डारी तथा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्थाको वरिष्ठ कानुनी सल्लाहकार रवि शर्मा अर्याल र वरिष्ठ आर्थिक सल्लाहकार अमर किशोर सिंहको पनि उपस्थिति रहेको थियो ।

“जनताको आर्थिक निकास, सहकारीताको विकास” भन्ने मुल नारा लिई भव्यताका साथ सम्पन्न साधारण सभामा संचालक, शेयरधनि, लेखा समिति, सल्लाहकार, आगन्तुक एवम् पत्रकारको उपस्थिति रहेको थियो । संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले कार्यक्रममा आतिथ्यता ग्रहण गराएका थिए ।यसैगरी कार्यक्रममा संस्थाका संचालक समितिको उपाध्यक्ष ई. विजय कुमार सिंहले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव संजीव सिंहले गरेका थिए ।

प्रमुख अतिथि भण्डारीका अनुसार नेपाल सहकारीकाे तीन दशकको विस्वसनिय यात्रा नै सफलताको सुत्र हो । यसका साथै यसले शेयरधनीको पैसा र विस्वासीलाई २९ वर्षदेखि सुरक्षा प्रदान गर्नु र संस्थाले निरन्तर पारदर्शी कारोबार गर्नाले अहिलेको विषम परिस्थितिमा पनि सहज ढंगले आर्थिक उन्नति र शेयर धनिको विस्वास जित्न सफल रहेको बताए ।

आ.व. ०८०/८१ को अषाढ मसान्तसम्मको संस्थाको शेयर पुँजी ४ करोड ५३ लाख ६ हजार ९ सय रुपैयाको वित्तीय विवरण रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी संस्थाको चालू आर्थिक वर्षमा ऋण लगानीमा रु. २३ करोड ३९ लाख ८६ हजार ६ सय ६ रुपैया र निक्षेपमा रु. २४ करोड ११ लाख २३ हजार ३ सय ७२ रहेको ब्यहोरा प्रतिवेदनमा उल्लेख छ । संस्थाले चालू आ. व. २०८०/०८१ मा शेयर पुँजीको १०% बराबरको रकम रु. ४३,४४,००० संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई वितरण गरेको छ ।

कार्यक्रमको संचालक समितिका सदस्यहरु सुनिल कुमार सिंह, नारायण कुमार श्रेष्ठ, रुबी सिंह र अरुण कुमार साहको उपस्थिति रहेको थियो । यसैगरी लेखा समितिको संयोजक जयकुमार सिंह, सदस्यद्वय अमन सिंघानिया र सरस्वती नापितको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको महाप्रबन्धक शोभा श्रेष्ठ, वरिष्ठ लेखा तथा प्रशासन अधिकृत अनुपमा राणा(शाह), न्युरोड सेवाकेन्द्रका शाखा प्रमुख पुष्पा के. सी. (रायमाझी) सहित संस्थाका कर्मचारीहरु अंकितमान सिंह लगायत सेयर सदस्य, पत्रकार र उद्यमीहरु गरि करिब चार सय जनाको उपस्थिति रहेको थियो ।

गत चालु वर्षदेखि काठमाडौंको न्युरोडमा सेवा केन्द्र थप संचालन गरी कारोबार समेत गर्दै आएको र यसै वर्षदेखि पुनः थप एउटा शाखा संचालनमा ल्याउने योजना रहेको कार्यक्रममा जानकारी गराईयो । साथै उपत्यका सहित सातै प्रदेशमा थप शाखा खोल्ने लक्ष्य रहेको समेत अध्यक्ष सिंहले प्रष्ट पारे । देशव्यापी रकम पठाउने भरपर्दो माध्यम तथा संसारको जुनसुकै स्थानबाट पठाएको रकम संस्थाकाबाट तत्काल भुक्तानी लिन प्रभु मनि ट्रान्स्फर सेवा, मोबाईल बैंकिङ्ग जस्ता अन्य विद्युतिय कारोबार संगै डिजिटल सेवा प्रवाह गर्ने लक्ष्य रहेको छ् । संस्थाका सदस्य महानुभावहरुको सुविधालाई दृष्टिगत गरि न्यूनतम् शूल्कमा मासिक टेलिफोन/मोबाइल शूल्क, खानेपानी महशुल, विद्युत महशुल तथा मासिक स्कुल फि आदि संस्थाका बैकिङ कार्यालयबाट तिरिदिने ब्यवस्था संस्थाले गरेको छ।
यसका साथै संस्थाको आउँदाे वर्ष ३० औं वार्षिकाेत्सव विशेष रुपले मनाउने योजना रहेको कार्यक्रम मार्फत जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *