मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार

महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ श्री जनता आधारभूत विद्यालय चकवामा जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ. व. २०८१/८२ को साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रोशन कुमार मिश्रको अध्यक्षतामा र एकडारा गाउँपालिका अधिकृत इनदल साहको प्रमुख आतिथ्यतामा सहकारीको साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष विजय मण्डल र एकडारा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डल सहित सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

#muluktimes #cooperativesociety #chakwa #ekadara #Mahottari #Madhesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *