मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार

जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले आफ्नो श्रीमती मानसिक रूपले अस्वस्थ रहेको बताएको छ । राउतका अनुसार २०६९ सालदेखि नै पागलपनको उपचार भइराखेकोमा २०८१ साल वैशाखदेखि औषधी छोडदा श्रीमतीको मानसिक स्वास्थ्य नाजुक भएको तर उपचार गराउन नमानेको भन्दै उपचार गराइदिन माइतीपक्ष सहित सम्बन्धित निकायहरूलाई समेत हारगुहार लगाउँदै हिँडेको बुझिएको छ।
डा. राउतले श्रीमतीको मानसिक अवस्था ठीक नरहेको, आत्महत्या गर्ने प्रवृत्ति रहेको आदि उल्लेख गरिएको २०६९-७० सालदेखिका विभिन्न अस्पतालका केही मेडिकल पूर्जाहरू समेत लिएर उपचारको लागि आग्रह गरिरहेको छ।