मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १२, बुधवार

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । शाहको कार्यकाल दुई बर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *