संजीव सिंह, महोत्तरी । २०८१ भाद्र ०८, शनिवार

नेपालकै पुरानो तथा प्रतिष्ठित विद्यालयमध्येको एक विद्यालय हो: श्री दुर्गा माध्यमिक विद्यालय मनरा (महोत्तरी)।

स्थापनाको आठ दशक अर्थात् ८० वर्ष पूरा गर्न लागेको र झण्डै ५२ हजार भन्दा बढी विद्यार्थी अध्यापन गराउन सफल श्री दुर्गा मा.वि. को स्थापना वि. सं. २००२ सालमा, उच्च मा.वि. (+२) को स्वीकृति वि.सं. २०६४ सालमा तथा स्नातकको स्वीकृती २०६६ सालमा प्राप्त भएको हो। २०२१ सालमा विद्यालयले पहिलोपटक एस.एल.सी. मा सहभागीता जनाउँदैं उत्कृष्ट नतिजा समेत ल्याएको थियो। आधुनिक पूर्वाधार, कम्प्यूटर, प्रयोगशाला, खेलमैदान, सभाहल लगायतको संरचना लगभग तीन विग्हामा फैलिएको छ।

हाल विद्यालयमा करिव १ हजार ८ सय विद्यार्थी र कलेज (बिबिएस) मा ६५ जना अध्यनरत रहेको छ। कक्षा १ देखि १२ सम्म, स्नातक तथा ४ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ (कक्षा ९ देखि १२ सम्म) एवं ३ वर्षे कम्प्पूटर इन्जिनियरिङ डिप्लोमा (एसइई पछि) कोर्सहरु विद्यालयमा संचालन रहेको छ। विद्यालयमा ३२ जना शिक्षक र ५ जना अन्य कर्मचारी लगायत ३७ जना कूल जनशक्ति प्रचालित छ।

#muluktimes #Mahottari #MANARA #school #nepal secondaryschool #bbs #college #campus #education #शिक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *