मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०५, बुधवार

निर्मला कुर्मीको न्यायका लागि खाली खुट्टा, संविधानको किताब र न्यायको प्रतीक तराजु सहित प्रत्येक दिन कलंकीदेखी माइतीघर मण्डलासम्म हिडेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।

केही दिन अगाडि लुम्बिनी प्रदेश सरकार गठनका बेला निर्मला कुर्मीको अपहरण तथा हत्याका मुख्य आरोपी तथा सरकारद्वारा गठित छानबिन समितिले कारवाहीको सिफारिस गरेका बादशाह कुर्मीलाई मन्त्री बनाएकोमा त्यसको विरुद्ध यो प्रदर्शन रहेको प्रदर्शनकारी रुबी खान बताउँछिन् । बादशाह कुर्मीलाई प्रदेशको मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन र अनुसन्धानलाई निष्पक्ष तथा तीव्र बनाउन सरकारको प्रदर्शन मार्फत ध्यानाकर्षण गराउँन खेजेको खान बताउँछिन् ।

यसैगरी निर्मला कुर्मीको हत्या मुद्दा तत्काल अदालत पुर्याउनुका साथै आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गर्नु पर्यो भन्ने माग सहित धर्नारत रहेको रुबी खानको तर्क रहेको छ । विगत साउन २५ गतेदेखि माइतीघर मण्डालामा महिला प्रदर्शनकारीहरु अनिश्चितकालिन धर्ना/ रिले अनसनमा बसेका छन् ।

नेपाल मुस्लिम महिला कल्याण समाज, महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, महिला मानव अधिकार रक्षक सन्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान लगायत अन्य महिला अधिकार संघ संगठन मिलेर प्रदर्शनीको आयोजना गरेको हो । यद्यपि महिलाहरुको थप सहभागिता र उपस्थिति न्यून रहेको छ भने सरोकारवाला निकायले चासो नदिएको गुनासो प्रदर्शनकारीको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *